ब्राउन सुगर सहित 3 जना पक्राउ

खोरीबारी : भारत-नेपाल सिमाना इलाकाबाट लाखौँ रुपियाँको ब्राउन सुगर उद्धार गरेको छ भने घटनामा एउटी महिला सहित 3 जनालाई पक्राउ गरिएको छ। तिनीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा साजिना राई, मिङ्मा शेर्पा र राजु मुर्मू सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार खोरीबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा बातासीमा अभियान चलाएर ब्राउन सुगर किन-बेच गरिरहेको समय 3 जनालाई पक्राउ गरेको बताइएको छ। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *