ब्राउन सुगर सहित दुईजना पक्राउ

जयगाउँ : जयगाउँ थाना पुलिसले ब्राउन सुगर सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। जयगाउँ थानाका ओसी अभिषेक भट्टाचार्यले बताएअनुसार गोप्य सूचनाको आधारमा आज अभियान चलाएर राकेश प्रसाद र विशाल शर्मा नाम गरेको दुईजना व्यक्तिलाई पक्राउ गरेर छानबीन गर्दा 50 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य डेढ लाख रुपियाँ रहेको छ। आरोरी दुई व्यक्तिलाई आज अदालतमा पेश गर्नको साथै उक्त मामिलामा अन्य व्यक्ति जडित हुन सक्ने आशंकामा पुलिसले छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *