ब्राउन सुगरसहित एकजना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति उत्तर 24 परगानाको हिमाल गञ्ज निवासी रवीन्द्रनाथ मण्डलको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले उत्तरबंगाल विश्वविद्यालय नजिक एफसीआई कार्यालय नजिकबाट 305 ग्राम ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *