ब्राउन सुगरसहित एक जना पक्राउ

नक्सलबारी: पानीघट्टा पुलिसले तोरीबारी इलाकामा अभियान चलाएर ब्राउन सुगरसहित एकजना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्याक्ति डेविड राईको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा पुलिसले तोरीबारी इलाकामा अभियान चलाएर एकजना व्याक्तिबाट 25 ग्राम ब्राउन सुगर उद्धार गरेको छ। पक्रा परेका आरोपी विरूद्ध थानामा एनडीपीएस एक्ट अनुसार मामिला दर्ता गरेको बताइएको छ। पुलिसले घटनाबारे छानबिन शुरू गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *