ब्राउन सुगर सहित एकजना युवक पक्राउ

खोरीबारी : एसएसबी 41औँ वाहिनीको पानीट्याङ्की तथा कदोमनी जोतका जवानहरूले संयुक्त अभियान चलाएर ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ। एसएसबी सूत्रले दिएको जानकारी अनुसार गोप्य सूचनाको आधारमा खोरीबारीस्थित पीडब्ल्युडी नजिक संदिग्ध अवस्थामा एकजना युवकलाई देखेपछि एसएसबीका जवानहरूले उक्त युवकलाई छानबीन गर्दा 50 ग्राम ब्राउन सुगर उद्धार गरेपछि तिनलाई पक्राउ गरेको बताइएको छ। यसपछि आरोपी युवकलाई जफत गरेको ब्राउन सुगरसहित खोरीबारी थानालाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *