ब्राउन सुगर सहित एकजना पक्राउ

नक्सलबारी: नक्सलबारी पुलिसले रथखोला नजिक अभियान चलाएर ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत राति पुलिसले रथखोला नजिक हाई वे-मा धुर्व छेत्री (49) नाम गरेका एकजना व्यक्तिलाई रोकेर छानबिन गर्दा साढ़े सात ग्राम ब्राउन सुगर पुलिसले उद्धार गरेको छ। पक्रा पर्ने व्यक्ति रामधनजोत क्वार्टर पानीट्याङ्की खोरीबाड़ी निवासी रहेको थाहा लागेको छ। नक्सलबारी थानामा मामिला दर्ता गरेर पुलिसले आगामी कार्वाही शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *