ब्राउन सुगर सहित महिला पक्राउ

खोरीबारी : गोप्य सूचनाको आधारमा पानीट्याङ्की आउटपोस्ट पुलिसले खोरीबारी बतासी संलग्न बदराजोत इलाकामा अभियान चलाएर ब्राउन सुगर सहित एउटी महिलालाई पक्राउ गरेको छ। पक्रा पर्ने महिला बुधसिंह जोत इलाका निवासी 31 वर्षीय श्यामली सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार पुलिसले उक्त महिलाबाट 20 ग्राम ब्राउन सुगर उद्धार गरेको छ। पक्रा परेकी महिलालाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *