सिलगढी : सिलगढीको वर्द्धमान रोडबाट लाखौँ रुपियाँको ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक माथाभाङ्गा निवासी रसिदुल हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान सिलगढी थाना पुलिस र एसओजीले सिलगढीको वर्द्धमान रोडमा संयुक्त अभियान चलाएर एकजना युवकलाई पक्रेर छानबीन गर्दा ब्यागबाट लगभग 275 ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै नगद लगभग 50 हजार रुपियाँ उद्धार गरेको बताइएको छ।