ब्राउन सुगर तस्करीको मामिलामा पूर्व आर्मीका जवान पक्राउ

सिलगढी (निसं): ब्राउन सुगर तस्करीको मामिलामा पूर्व आर्मीका जवानलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीको नाम रतन विश्वास (48) बताइएको छ। तिनी बाघडुग्राको एमईएस मोड निवासी हुन्। प्राप्त जानकारी अनुसार आज उक्त जवान बाइकमा सवार भएर मादक पदार्थ तस्करी गर्नको लागि विश्वास कोलनी गइरहेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र मतिगढा थाना पुलिसले चाँदमुनी अस्पताल लाइन मोड इलाकामा संयुक्त अभियान चलाएर एउटा बाइकलाई रोकेर छानबीन गर्दा 258 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। यसपछि रतन विश्वासलाई पनि पक्राउ गरेको छ भने भोलि बुधबार आरोपीलाई सिलगढी अदालतमा पेश गरिनेछ। स्मरण रहोस्, केही महीना अघि पनि एनजेपी पुलिसले ब्राउन सुगरको तस्करी गरेको आरोपमा रतन विश्वासलाई पक्राउ गरेपछि 18 महिनाको जेलमा बिताएर बेलमा जमानत भएका थिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *