बीएसएफ-द्वारा बङ्ग्लादेशको स्वाधीनताको स्वर्ण जयन्ती पालन

राजगञ्ज : 195औँ बटालियन बीएसएफले आज बङ्ग्लादेशको स्वाधीनताको स्वर्ण जयन्ती पालन गर्यो। राजगञ्जको भारत-बङ्ग्लादेश सिमान्त 195औँ बटालियनको चाउहाटी बीएसएफ क्याम्पको तर्फबाट आज एउटा कार्यक्रमको माध्यमद्वारा बङग्लादेशको स्वाधीनताको स्वर्ण जयन्ती पालन गरियो। बीएसएफ सूत्रले दिएको जानकारीअनुसार 1971 सालमा बङ्ग्लादेशको स्वाधीनताको लडाइँमा बीएसएफले बङ्ग्लादेशको तर्फबाट लडाइँ लडेको थियो। यसैले आज 50 वर्ष पुगेको अवसरमा बीएसएफको तर्फबाट स्वर्ण जयन्ती पालन गरिएको बताइएको छ। बीएसएफको तर्फबाट स्वाधीनताको समयमा प्रयोग गरिएको अस्त्रहरूको आज प्रदर्शनी गरियो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, 195औँ बटालियनको बीएसएफ कम्पनी कमान्डेन्ट सुनील कुमार, सेकेन्ड इन कमान्ड सुनील उपाध्याय मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *