बीएसएफ-द्वारा वृक्षारोपण र साइकल र्‍यालीको आयोजना

कुचबिहार : बीएसएफ 100औँ बटालियनको तर्फबाट वृक्षारोपण र साइकल र्‍यालीको आयोजना गरियो। बीएसएफ-का जवानहरूले आज गोपालपुर परिसरमा वृक्षारोपण साथै साइकल र्‍यालीको पनि आयोजना गर्यो। यस साइकल र्‍यालीमा जवानहरूलगायत स्थानीय मानिसहरूले पनि अंश ग्रहण गरेका थिए। उक्त साइकल र्‍याली सीमा चौकी गोसैडिङ्गीदेखि सिताईसम्म निकालिइयो। यस साइकल र्‍यालीमा स्थानीय क्लब “विवेक संघ” का सदस्यहरूले पनि भाग लिएका थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *