बीएसएफ जवानको गोली लागेर मरेको अवस्थामा मृतदेह उद्धार

चोपडा : चोपडा ब्लकको दासपाडा अञ्चल अन्तर्गत पर्ने केसीगछ गाउँको चियाकमानबाट आज एकजना बीएसएफ जवानको टाउकोमा गोली लागेको अवस्थामा मृतदेह उद्धार भएको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चिएको छ। मृतक जवान मेदिनीपुर निवासी 45 वर्षीय केदरनाथ हासदाको रूपमा चिन्हित गरिएको छ। मृतदेह नजिकबाट तिनले प्रयोग गर्ने बन्दुक, वाकीटकी, टच लाइट र एउटा गोलीको खोका पनि उद्धार गरेको छ। पुलिस तथा बीएसएफ सूत्रले दिएको जानकारीअनुसार भारत बङ्ग्लादेश सीमान्त क्षेत्र दासपाडा केसीगछ बीपीओ-मा बीएसएफको 94 नम्बर बटालियनका उक्त जवान कार्यरत थिए। आज बिहान चियाकमानबाट टाउकोमा गोली लागेर मरेको अवस्थामा उक्त जवानको मृतदेह उद्धार गरेको छ। मानसिक अवसादको कारण आफैले गोली चलाएर आत्महत्या गरेको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। तथापि पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको सटीक कारण थाहा लाग्ने पुलिस अधिकारीले जनाएको छ। मृतक बीएसएफ जवानका परिवारका सदस्यहरूलाई घटनाबारे जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *