बीएसएफ-का जवानहरूलाई राखी बाँधिदिएर समाजसेवी संगठनद्वारा रक्षा बन्धन पर्व पालन

फुलबारी: रक्षा बन्धन अथवा राखी आउन अब केही दिन मात्र बाँकी रहेको छ। यसभन्दा अगावै आज सिलगढीको एउटा समाजसेवी संगठनले बीएसएफ-का जवानहरूलाई राखी बाँधिदिएर रक्षा बन्धन पर्व मनाए। संगठनका सदस्यहरू तथा ससाना नानीहरूले आज फुलबारी सिमानामा बीएसएफ-का जवानहरूको हातमा राखी बाँधिदिनको साथै मिठाई खुवाएर रक्षा बन्धन पालन गरे। आज रक्षा बन्धन पर्व मनाउन पाउँदा सीमामा कार्यरत बीएसएफका जवानहरू निक्कै खुसी भए।


यस विषयमा संगठनका सदस्यहरूले भने, हाम्रो सुरक्षाको लागि यी जवानहरू आफ्ना परिवार तथा आफन्तहरूलाई छोडेर सिमाना तैनाथ छन्। राखीको अवसरमा सीमामा तैनाथ ती जवानहरू निराश नहोस् भन्ने उद्देश्य लिएर आज संगठनको तर्फबाट सीमामा तैनाथ बीएसएफ-का जवानहरूलाई राखी लगाइदिनको साथै मिठाई खुवाएर शुभकामना आदान प्रदान गरेका हौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *