बीएसएफ-को 57औँ स्थापना दिवस विविध कार्यक्रमको साथमा पालन

सिलगढी : बीएसएफ (सीमा सुरक्षा बल)को 57औँ स्थापना दिवसको अवसरमा बैकुण्ठपुर सहायक प्रशिक्षण केन्द्रमा रङ्गारङ्ग कार्यक्रमको आयोजना गरियो। उत्तर बंगाल फ्रन्टियरका महानिरीक्षक रवि गाँधीले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरे। कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक गाँधीले भने, बीएसएफका जवानहरूको सराहनीय कार्यले गर्दा पूर्वी पाकिस्तान स्वतन्त्र भएर हाल बङ्ग्लादेश गठन भएको छ। अधिक मेहनत तथा इमान्दारीको साथमा आफ्नो प्राणको पर्वाह नगरी देशको सिमानामा सुरक्षा गर्ने जवानहरूले शपथ लिएको तिनले बताए। स्मरण रहोस्, सन् 1965-मा भारत-पाकिस्तानमाझ भएको युद्धपछि देशको सीमाको सुरक्षाको लागि एउटा समृद्ध बलको आवश्यकता परेकोले गर्दा विगत 1 दिसम्बर 1965-मा केएफ रुस्तमजी भारतीय पुलिस सेवाको नेतृत्वमा विभिन्न राज्यहरूमा सशस्त्र सीमा पुलिस बटालियनहरूलाई मिलाएर यस गौरवशाली सीमा सुरक्षा बलको गठन गरिएको थियो। यसैले प्रत्येक वर्ष 1 दिसम्बरको दिन बीएसएफ-को स्थापना दिवस पालन गर्ने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *