बीएसएफ-को चेकिङ पोइन्टमा ट्रकले धक्का दिँदा खलासी पक्राउ

राजगञ्ज : एकजना ट्रक चालकले भुलवश जलपाईगढी जानुको बद्ली फुलबारीको भारत-बङ्ग्लादेश सीमान्त क्षेत्रमा पुगे। प्राप्त जानकारीअनुसार एउटा ट्रक जलपाईगढीतर्फ गइरहेको समय बाटो नचिनेर भुलवश फुलबारीको भारत-बङ्ग्लादेश सीमान्तको सडकभित्र जिरो पोइन्टमा पुगेर अचानक गेट देखेपछि तिनी त्यहाँबाट भाग्ने प्रयास गर्दा बीएसएफको चेकिङ पोइन्टमा धक्का दिएको बताइएको छ। तथापि, उक्त चेकिङ पोइन्टमा ड्युटीमा खटिएका बीएसएफ-का जवानले आफ्नो ज्यान जोगाएर त्यहाँबाट बाहिर निस्के। चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके तापनि खलासीलाई एसएसबीले पक्राउ गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *