बीएसएफ-को पहलमा सम्पन्न इन्टर फ्रन्टियर फुटबल टुर्नामेन्टको फाइनलमा गुजरात विजयी

सिलगढी: बीएसएफको नर्थ बेङ्गल फ्रन्टियरको पहलमा कदमतला बीएसएफ क्याम्पमा द्रोणाचार्य मैदानमा इन्टर फ्रन्टियर फुटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न भयो। आजको फाइनल खेल गुजरात बनाम मेघालयमाझ सम्पन्न भयो भने मेघालय टोलीलाई पराजित गरेर गुजरात टोली विजयी बन्यो। बीएसएफ सूत्रले दिएको जानकारीअनुसार पूर्व पश्चिम अञ्चलका मोठ 11 वटा टोलीले उक्त प्रतियोगितामा अंश ग्रहण गरेका थिए। गत सोमबार उक्त टुर्नामेन्टको पहिलो म्याच खेलाइयो भने पाँच दिनदिने फुटबल टुर्नामेन्टको फाइनल म्याच आज सम्पन्न भयो।  इन्टर फ्रन्टियर फुटबल टुर्नामेन्टको फाइनल खेलमा मुख्य अतिथिको रूपमा भारतीय फुटबल दलका पूर्व अधिनायक भाइचुङ भुटिया उपस्थित थिए भने अन्य अतिथिहरूमा बीएसएफ नर्थ बेङ्गल फ्रन्टियर आईजी रवि गाँधी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *