भारतीय सेना वाहिनीको तर्फबाट गजलडोबामा जल महोत्सवको आयोजना

राजगञ्ज : देशको स्वतन्त्रताको अमृत महोत्सवको पावन अवसरमा भारतीय सेना वाहिनीको तर्फबाट आज गजलडोबामा जल महोत्सवको आयोजना गरियो। उक्त कार्यक्रममा भारतीय वायु सेना, एसएसबी, बीएसएफ, सीआरपीएफ, एनसीसी, पश्चिम बंगाल पुलिस, रेलवे पुलिस, वन विभाग र सिँचाई विभागले अंश ग्रहण गरेको थियो।  सांस्कृतिक कार्यक्रमहरू बाहेक टिस्टा-महानन्दा लिङ्क क्यानलमा बोट रेसिङको आयोजना गरियो।


उक्त प्रतियोगितामा विभिन्न वाहिनीका जवानहरूले अंश ग्रहण गरेका थिए। भारतीय सेना वाहिनीका अधिकारीहरूले बताएअनुसार भारतको स्वतन्त्रता संग्राम बाहेक द्वितीय विश्व युद्ध, भारत-चीन युद्ध र बङ्ग्लादेशको स्वतन्त्रता संग्राममा हजारौँ भारतीय जवानहरूले प्राणको आहुति दिएका  थिए। देशको निर्माणमा योगदान दिनेहरूलाई श्रद्धाञ्जलि दिनको लागि उक्त जल महोत्सवको आयोजना गर्ने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.