बीएसएफ-को तर्फबाट मानव तस्करीबारे जागरूकता शिविरको आयोजना

राजगञ्ज : आमबारी चिन्तामोहन उच्च विद्यालयमा मानव तस्करीबारे जागरूकता शिविरको आयोजना गरियो। बीएसएफ र स्वयम्‌सेवी संगठनको संयुक्त पहलमा आज उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा स्कुलका मोठ 200 जना विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। बीएसएफले ने मानव तस्करी रोक्नको लागि सतर्कता बढाउने उद्देश्य लिएर उक्त पहल गरेको हो। उक्त कार्यक्रम लगभग एक महिनासम्म राजगञ्जको विभिन्न ठाउँहरूमा आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *