बीएसएफको तर्फबाट राजगञ्जमा मेगा चिकित्सा शिविरको आयोजना

राजगञ्ज : बीएसएफको तर्फबाट राजगञ्जको सन्न्यासीकाटामा मेगा चिकित्सा शिविरको आयोजना गरियो। बीएसएफ 180 नम्बर बटालियनको तर्फबाट आयोजना गरिएको उक्त शिविरमा जेनरल मेडिसिन, ईएनटी, कार्डियोलजिस्ट, गाइनोकोलजिस्ट, स्किन स्पेसलिस्ट लगायत विविध रोगका डाक्टरहरूको व्यवस्था गरिएको छ। उक्त शिविरमा सिमाना इलाकाका धेरैजना मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराए भने तिनीहरूलाई स्वास्थ्य सम्बन्धी सचेतन पनि गराइयो।


बीएसएफका कमान्डेन्ट बिजय पाल सिंहले भने, आज मेगा मेडिकल शिविरको आयोजना गरियो। कोलकाताबाट आएका 6 जना स्पेसलिस्ट डाक्टरहरूले उक्त शिविरमा मानिसहरूको स्वास्थ्य जाँच गर्नको साथै कोरोनाको संक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा जागरूक पनि गराएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *