बीएसएफ-ले पुलिससित मिलेर सीमा क्षेत्रमा कार्य गर्नेछ : आईजी रवि गाँधी

सिलगढी : पुलिसलाई साथमा लिएर कार्य गर्ने भएको छ बीएसएफले। विशेष गरेर सीमा क्षेत्रहरूमा पुलिसलाई साथमा लिएर एकै क्षमताअनुसार बीएसएफले कार्य गर्ने भएको साथै यसो गर्दा कुनै प्रकारको असुविधा पुग्ने छैन। सिलगढीको कदमतलास्थित बीएसएफ कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर बीएसएफका उत्तरबंग फ्रन्टियरका आईजी रवि गाँधीले यस प्रकारको मन्तव्य पोखे। हालैमा पश्चिम बंगाल लगायत अन्य केही राज्यहरूमा बीएसएफको अधिकार क्षेत्रलाई 15 देखि बढ़ाएर 50 किलोमीटरसम्मको निम्ति क्षमता प्रदान गरिएको छ। राज्य सरकारले यसलाई लिएर आपत्ति जनाइरहेको छ। तर यसो गर्नाले संघीय बुनियादी ढाँचालाई प्रभाव परिरहेको तिनले आरोप लगाए। पत्रकारहरूसितको कुराकानीमा बीएसएफका आईजीले तथापि, सबै कुरा खुलेर नभने तापनि बीएसएफले आफ्नो नियमहरू अनुसार साथै पेशेवर तरिकाले सीमा क्षेत्रहरूमा काम गरिरहेको बताए। तिनले पुलिससित मिलेर कार्य गर्नुपर्ने साथै संयुक्त रूपमा सीमा क्षेत्रहरूमा अभियान चलाउनुपर्छ भनी बताए। तिनले अझ भने, भारत-बङ्ग्लादेश सीमा क्षेत्रका गाउँवासीहरूको हितमा बीएसएफले कार्य गर्दै आइरहेको छ। बीएसएफसित एफआईआरको क्षमता छैन। यदि कतै बीएसएफ कर्मीविरुद्ध अभियोग उठेको खण्डमा पुलिस समक्ष एफआईआर गर्न सक्ने छन्। यसपछि उक्त विषयलाई लिएर बीएसएफले घटनाको जाँच शुरू गर्नेछ अनि अपराधिक घटनामा संलग्न रहेको प्रमाणित भए तिनलाई आवश्यक कार्वाही गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *