बीएसएनएल-का अस्थायी कर्मचारीहरूको धरना स्थलमा पुगेर हिल तृणमूल नेत्री शान्ता छेत्रीले आन्दोलनलाई जनाइन् समर्थन

खरसाङ : बीएसएनएलको कन्ट्र्याक्टचुअल कर्मचारी संगठनले विभिन्न मागलाई लिएर खरसाङको बीएसएनएल कार्यालय अघि गरिरहेको धरना प्रदर्शनमा पुगेर आज तृणमूल कङ्ग्रेसका राज्यसभा सांसद शान्ता छेत्रीले आफ्नो समर्थन जनाउँदै तिनीहरूसित भेटघाट गरे। खरसाङको बीएसएनएल कार्यालय अघि धरना दिइरहेका कर्मचारीहरुलाई भेट गरेर सांसद छेत्रीले तिनीहरूको समस्याहरू बुझेर समाधानको आश्वासन दिएकी छन्। विशेष गरेर, अस्थायी कर्मचारीहरूले गत 13 महिनादेखि वेतन नपाएपछि बीएसएनएल कार्यालय अघि काम बन्द गरेर धरना गरिरहेका छन्। कर्मचारीहरुलाई भेटघाट गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै राज्यसभा सांसद शान्ता छेत्रीले धरना गरिरहेका युनियन तृणमूल समर्थित युनियन हो र आज हाम्रो पार्टीले पनि कर्मचारीहरूको धरनालाई समर्थन गर्छ भन्दै तिनीहरूको माग पूरा हुनुपर्छ भन्ने कुराको समर्थन गर्न आएको बताइन्। तिनले कर्मचारीहरूकै उपस्थितिमा बीएसएनएलको जेनरल म्यानेजरसित फोनमा कुराकानी गर्नको साथै फोन गरेर सम्बन्धित मन्त्रालयमा पनि बताचीत गर्ने बताएकी छन्। केन्द्र सरकारले सबै कुरालाई निजीकरण गरेको आरोप लगाउँदै केन्द्र सरकारको यस्तो निजीकरणको नीतिको हामी घोर विरोध गर्दछौं भनी तिनले बताइन्। यसै क्रममा धरनामा बसेका कर्मचारी संगठनका एकजना सदस्यले बताए अनुसार आफुहरूले धरना कार्यक्रम गर्न अघि सबैलाई पत्रचार गरेको तर आफुहरूको अक्टोबर 2019 देखि 2020 सम्म 13 महिनाको वेतन नपाएकोबोनस, ग्राजुएटी पनि नदिएको साथै 60 वर्षमा अवकाश हुनुपर्ने तर 55 वर्षमैं अवकाश बस्न लगाएको कारणले गर्दा भन्दै बाध्य भएर धरनामा बसेको बताए। यसैगरी,एकजना कर्मचारीले 21 वर्ष काम गर्दा केवल 46 हजार ईपीएफ-को पैसा पाएको अनि सिलगढीको अफिस हटाए पछि स-साना कुराको लागि पनि कोलकोता जानु पर्ने बताए। त्यसरी नै डीएम, एसडीएम, जेनरल म्यानेजर लगायत लेवर कमिश्नरलाई पनि पत्रचार गरेको तर पनि कुनै पहल नभएपछि बाध्य भएर आफुहरू आन्दोलनमा उत्रेको तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *