बीटीडब्ल्यु नक्सलबारी मण्डलको तर्फबाट चियाकमानमा गेट मीटिङको आयोजना

नक्सलबारी : बीटीडब्ल्यु नक्सलबारी मण्डलको तर्फबाट आज चियाश्रमिकहरूको विभिन्न समस्यालाई लिएर गेट मीटिङको आयोजना गरियो। भाजपाका जिल्ला  सचिव दिलीप बारोईले चियाश्रमिकहरूको बोनस, सब स्टाफ भेकेन्सी, लेबर कार्ड, उपचारको लागि दवाईको व्यवस्था लगायत विभिन्न मागहरूलाई लिएर नक्सलबारी मण्डल अन्तर्गत बेलगाछी चियाकमान, अटल चियाकमान, मन्जा चियाकमान आदि चियाकमानहरूमा गेट मीटिङको आयोजना गरियो। गेट मीटिङपछि बीटीडब्ल्यु नक्सलबारी मण्डलको तर्फबाट उक्त मागहरू कमान म्यानेजर समक्ष राखियो। नक्सलबारी मण्डलमा लगभग तीन हजारभन्दा अधिक चियाश्रमिकहरूले विभिन्न समस्याहरू भोग्दै आइरहेका छन्। यस अवसरमा बीटीडब्ल्यु मण्डल अध्यक्ष जेम्स खाल्को, महासचिव रामा शङ्कर चौधरी, प्रेम प्रकाश ओझा, नान्टु दास एवम् अध्यक्ष मन्जीत कुमार उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *