बुद्धगया दर्शनमा लगियो गरिब बौद्ध धर्मावलम्बीहरूलाई

सिलगढी : पश्चिमबंग शेर्पा संस्कृति परिषद्को पहलमा 260 जना गरिब बौद्ध धर्मावलम्बीहरूलाई आज बुद्धगया दर्शन गराउनको लागि लगियो। उक्त परिषद्को तर्फबाट आज मतिगढा परिवहनबाट 4 वटा बसमा यी बौद्ध धर्मावलम्बीहरूलाई बुद्धगया दर्शनको लागि लैजाने व्यवस्था गरिएको थियो। परिषद्का चेरम्यान निमा वाङ्दी शेर्पाले बताएअनुसार बौद्धगया जाने इच्छा भए तापनि तिनीहरूको आर्थिक अभावको कारण दर्शन गर्न जान नसक्ने भएकोले आफूहरूद्वारा उक्त पहल गरिएको हो। तिनीहरूलाई बीस दिनको भ्रमणमा बुद्धगयालगायत विभिन्न आकर्षणीय स्थलको दर्शन गराइने चेरम्यान शेर्पाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *