बुद्ध लेप्चा हत्याको आरोपी मोहम्मद जाबेद पक्राउ

कालेबुङ : बुद्ध लेप्चा हत्याकाण्डको आरोपलाई कालेबुङ 11 माइल निवासी 25 वर्षीय मोहम्मद जाबेद नाम गरेको युवकलाई आज कालेबुङ पुलिसले पक्राउ गरेको छ। पक्रा परेका मोहम्मद जावेदलाई आज कालेबुङ अदालतमा पेश गरेपछि अदालतले 6 दिनको पुलिस रिमाण्डमा पठाएको छ। आरोपीलाई आइपीसी-को धारा 201 र 302 अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बुद्ध लेप्चा हत्याकाण्डमा संलग्न रहेको आशंकामा पुलिसले हिजो तीनजना व्यक्तिलाई पुलिसले सोधखोजको निम्ति थानामा लिएर गएको थियो। तिनीहरूसित सोधखोज गरेपछि पुलिसले आज उक्त घटनाको एकजना आरोपीलाई पक्राउ गरेको हो। घटनाको एक दिन पछि नै पुलिस प्रशासनले आरोपीलाई पक्रन सफल भएको छ। स्मरण रहोस, कालेबुङ जिल्ला बल्क एक अन्तर्गत लोवर समल्बुङ, सिङ्गजी निवासी जोन लेप्चाको शव कालेबुङ बोङ्ग बस्ती ग्राम पञ्चायतस्थित टारी गाउँ, भोटे खोला छेउमा भेट्टाइएपछि तिनको हत्या गरेर फ्याँकिएको आशंका गरेको थियो। मृतक जोन‌ लेप्चा पिकअप् चालक थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomgrandpashabet girişholiganbetbets10 günceljojobet girişonwin girişgrandpashabetjojobetgrand pasha betgrandpashabet