बुद्धिष्ट सेलका लगभग 7 हजार मानिसहरू तृणमूलमा सामेल

सिलगढी : सिलगढीको बाघाजतिन पार्कमा आज बुद्धिष्ट सेलको एउटा विशाल जनसभाको आयोजना गरियो। उक्त जनसभामा लगभग 7 हजार बौद्ध समुदायका मानिसहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। स्मरण रहोस्, बुद्धिष्ट सेलले हिजो सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आउँदो 2021-को विधानसभा चुनाउमा तृणमूल कांग्रेसलाई समर्थन जनाउने जानकारी गराएको थियो। आजको जनसभामा राज्यका मन्त्री अरुप विश्वास, रवीन्द्रनाथ घोष, गौतम देव लगायत तृणमूलका अन्य नेताहरू उपस्थित थिए। मन्त्री अरूप विश्वासले बुद्धिष्ट सेलका को-अर्डिनेटर नीमा शेर्पालाई पार्टीको झण्डा प्रदान गरे। आउँदो विधानसभा चुनाउ अगावै बौद्ध समुदायका मानिसहरू तृणमूल कांग्रेसमा सामेल भएकोले 2021-को विधानसभा चुनाउमा निक्कै प्रभाव पर्नेछ भनी सबैले आशा साँचेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes