बुलेटको बद्ला ब्यालेटले लिनेछौँ : ममता ब्यानर्जी

सिलगढी : तृणमूल नेत्री ममता ब्यानर्जीले आज राजगञ्ज विधानसभा क्षेत्रको आमबारी सुदामगञ्जमा एउटा चुनावी जनसभालाई सम्बोधन गरिन्। तिनी आज हेलीकप्टर मार्फत् राजगञ्ज मैदानमा ओर्लेर त्यहाँबाट जनसभा स्थलमा पुगेर सबैभन्दा पहिला शहीद वेदीमा मोमबत्ती जलाएर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यसपछि तिनले जनसभालाई सम्बोधन गर्न अघि आफ्नो 10 वर्षको कार्यकाल अवधि गरेको विविध विकास कार्यहरूबारे मानिसहरूलाई अवगत गराए। यसपछि जनसभालाई सम्बोधन गर्दै तिनले केन्द्रको भाजपा सरकारको खोइरो खनिन्। तिनले भनिन्, भाजपाले मतदान गर्न गइरहेको मानिसहरूको मुख बन्द गर्ने प्रयास गर्नको साथै मतदान गर्नमा रोकथाम समेत गर्ने प्रयास गरिरहेको गम्भीर आरोप लगाइन्। यसको साथै मतदान गर्न लाइनमा खडा भएका मानिसहरूमाथि गोली चलाएको आरोप लगाउँदै भोटिङ लाइनमा लोकतन्त्रको हत्या गरिरहेको तिनले बताइन्। कुचबिहार शीतलकुचीको घटनालाई लिएर चुनाउ आयोग र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटाक्ष कसिन्। चौथो चरणको मतदानमा भाजपा पराजित भएकोले गर्दा नै मतदान गर्न लाइनमा खडा भएका मानिसहरूमाथि गोली चलाएको हो। तिनले अझ भनिन्, भाजपाले चाहँदैन कि महिला तथा युवतीहरूले मतदान गरोस्, यसैले गर्दा नै यस प्रकारको कार्य गरिरहेको छ। बुलेटको बद्ला ब्यालेटले लिनेछौँ भन्दै तिनले गृहमन्त्री अमित शाहले राजीनामा दिनुपर्छ किनभने गोलीबारीको घटनाको तिनी जिम्मेवार हुन् भनी बताइन्। उक्त जनसभामा राजगञ्ज विधानसभाका प्रार्थी खगेश्वर राय, जलपाईगढी तृणमूल कङ्ग्रेसका जिल्ला अध्यक्ष किशन कुमार कल्याणी, डाबग्राम-फुलबारी विधानसभाका उम्मेद्वार गौतम देव लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *