बुङकुलुङ, चालिसे र कञ्चनपुरका युवाहरू हाम्रो पार्टी-मा सामेल

मिरिक: मिरिकको बुङकुलुङ, चालिसे र कञ्चनपुरका 25 जना युवाहरू अजय एडवर्डसको मानवीय सहयोग तथा विविध सामजिक कार्यप्रति आकर्षित बनेर हाम्रो पार्टीमा सामेल भएका छन्। एउटा कार्यक्रमबीच हाम्रो पार्टी मिरिकका संयोजक प्रशान्त लामाको हातबाट ती युवाहरूलाई पार्टीको झण्डा प्रदान गरियो भने तिनले ती युवाहरूलाई पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन पनि दिए। उक्त सभामा हाम्रो पार्टी-का कुशल देवान, जुगल प्रधान, प्रयास राई, नवङ्ग तामाङ, समिरन राई, प्रतिक राई , बिशाल गुरूङ आदि पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *