बसको चक्काको चपेटमा परेर यात्री गम्भीर घाइते

बाघडुग्रा : एउटा यात्री सवार बसको चक्काको चपेटमा परेर एकजना यात्री गम्भीर रूपमा घाइते भएका छन्। यो घटना आज बाघडुग्राको बिहारमोड़मा घटेको हो। प्राप्त जानकारी अनुसार बिहारको किशनगञ्जदेखि सिलगढीतर्फ गइरहेको समय एउटा यात्री सवार बस बिहार मोड़को ट्राफिक सिग्नलमा रोकियो। यसपछि उक्त बसबाट एकजना यात्री ओर्लिने क्रममा सड़कमा लडेपछि यात्रीको खुट्टीमाथिबाट भएर बस अघि बढ्दा उक्त यात्री गम्भीर रूपमा घाइते भएको बताइएको छ। बाघडुग्रा ट्राफिक पुलिस र स्थानीय मानिसहरूले उक्त घाइते यात्रीलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घाइते यात्री उत्तर दिनाजपुरको सोनापुर निवासी हुन्। घटनापछि चालकले घटनास्थलबाट सुइँकुच्चा ठोके तापनि पुलिसले उक्त बसलाई आफ्नो नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *