बसको धक्काले 2 छात्रा घाइते

राजगञ्ज :  फाटापुकुर इलाकामा सरकारी बसको धक्काले दुई छात्रा घाइते भएकी छन्। घाइते दुई आठौँ र नवौँ श्रेणीको छात्रा रानी शर्मा र सञ्जिता रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान ती दुई छात्रा रानी शर्मा र सञ्जिता राय साइकलमा सवार भएर स्कुल गइरहेको समय फाटापुकुर इलाकामा एउटा सरकारी बसले धक्का दिँदा ती दुई छात्रा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा उक्त दुई घाइते छात्रालाई उद्धार गरेर उपचारको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर उक्त बसलाई आफ्नो नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *