बसको धक्काले एकजना व्यक्तिको मृत्यु

कुचबिहार: माथा भङ्गाको शिवबाड़ीमा भएको सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएपछि उत्तेजित मानिसहरूले बसमा तोड़फोड़ गरे। स्थानीय सूत्रले दिएको जानकारी अनुसार, सिलगढीदेखि कुचबिहार तर्फ गइरहेको एउटा बसले शिवबाड़ी इलाकामा सड़क पार गरिरहेका एकजना व्यक्तिलाई धक्का दिँदा तिनको घटनास्थलमैं मृत्यु भयो। यसपछि स्थानीय उत्तेजित मानिसहरूले उक्त बसमा तोड़फोड़ गरे। घटनाको खबर पाएर माथा भङ्गा थाना पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याए। मृत देवको शवलाई पुलिसले घटनास्थलबाट उद्धार गरेर पोस्टमर्टमको लागि अस्पतालमा पठाइ दिएको छ। दुर्घटनापछि बसको चालकले सुइँकुच्चा ठोकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *