बसको धक्काले एकजनाको मृत्यु

राजगञ्ज: राजगञ्जको फाटापुकुर नजिक पाटागोड़ा गाउँमा बसको धक्का लागेर एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार बसको धक्काले मर्ने व्यक्ति योगेन्द्र नाथ राय (38) हुन भनी थाहा लागेको छ। घटनाक्रम अनुसार शुक्रवार राति योगेन्द्र नाथ राय अपने खेतमा पाइपबाट पानी लगाइरहेका थिए। त्यही समयमा आरहेको एउटा खाली बसले योगेन्द्र नाथ रायलाई सड़कबाट पाइट हटाउन जाँदा धक्का दिँदा तिनको घटनास्थलमै मृत्यु भएको छ। अर्कोतिर, दुर्घटनाको खबर सुनेर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै पोस्टमार्टम लागि पठाइ दिएको छ। पुलिसले घटनाको जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *