बसमा प्रवेश गर्न अघि थर्मल स्क्रीनिङ नगरिएकोमा यात्रीहरूद्वारा क्षोभ

सिलगढी : चौथो चरणको लकडाउन समाप्त हुनअघि नै विभिन्न राज्यहरूमा बस परिसेवा शुरू भइसकेको छ। उत्तरबंगमा बस परिसेवा शुरू भए तापनि बसहरूको संख्या निक्कै कम्ती रहेकोले धेरै मानिसहरूले समस्याको सामना गर्न परिरहेको छ। बिहानैदेखि यात्रीहरू तेनजिङ नोर्गे बस स्ट्याण्डमा बसको प्रतीक्षामा बसिरहेका छन्। अर्कोतिर, निजी बसहरूको आवाजाही निक्कै कम्ती रहेको छ। बस स्ट्याण्डमा आज रायगञ्ज र कुचबिहारका धेरैजना यात्रीहरू एक घण्टादेखि बसको प्रतीक्षामा रहेपछि उक्त क्षेत्रको बस आए तापनि निक्कै भीड़ भएकोले गर्दा डरको कारण धेरैजना मानिसहरू बसमा सवार नभएको बताइएको छ। ती मानिसहरूले बस स्ट्याण्डमा अर्को बसको प्रतीक्षा गरिरहेका छन्। अर्कोतिरटिकट काउन्टर अघि सामाजिक दूरीलाई पालन गरेको छैन। प्रबन्धनको तर्फबाट बस स्ट्याण्डमा आउने धेरैजसो यात्रीहरूको थर्मल स्क्रीनिङ नगरेको आरोप रहेको छ। यस घटनालाई लिएर केही मानिसहरूले क्षोभ प्रकट गरे। तथापि, एनबीएसटीसी-का प्रबन्धनले यस मामिलामा केही प्रतिक्रिया नदिएको बताइएको छ। विभिन्न बस युनियन अनुसार बस परिसेवालाई सामान्य हुन केही दिन लाग्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *