बस पल्टिँदा 10 जना यात्री घाइते

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको चोपड़ा थाना अन्तर्गत पर्ने सोनापुर इलाकाको राजमार्ग 31-मा एउटा बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार 10 जना यात्रीहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार उक्त बस सिलगढीदेखि मालदा तर्फ गइरहेको थियो। दुर्घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई इस्लामपुर महकुमा अस्पतालमा लगेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *