बस पल्टिँदा कन्डक्टरको मृत्यु, धेरैजना घाइते

जलपाईगढी : यात्रीवाहक बस पल्टिँदा कन्डक्टरको मृत्यु भएको छ भने धेरैजना यात्रीहरू घाइते भएका छन्। उक्त दुर्घटना आज बिहान 11 बजी जलपाईगढी हल्दीबारी सडकको राखालदेवी इलाकामा भएको हो। घाइतेहरूलाई उपचारको लागि जलपाईगढी सुपर स्पेसिलिटी अस्पतालमा लगिएको छ। सडक बेहाल अवस्थामा रहेकोले गर्दा नै उक्त दुर्घटना भएको आरोप लगाउँदै स्थानीय मानिसहरूले उक्त सडकको मरमति गरिनुपर्ने माग गर्दै सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *