बस र लरी ठोक्किँदा 2 जनाको मृत्यु, 15 घाइते

वीरपाड़ा : ढुङ्गा लादिएको लरीसँग बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने अन्य 15 जना मानिसहरू घाइते भएका छन्। उक्त दुर्घटना वीरपाड़ा दलगाउँ चियाकमान नजिक घटेको हो। प्राप्त जानकारीअनुसार वीरपाड़ाबाट एउटा गैर सरकारी बस कुचबिहारतर्फ गइरहेको समय वीरपाड़ा दलगाउँ चियाकमान नजिक ढुङ्गा लादिएको एउटा लरीसँग आपस्तमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने अन्य 15 जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर तत्कालै वीरपाडा स्टेट जेनरल अस्पतालमा उपचारको लागि लगिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *