बस र पिकअप भ्यान ठोक्किँदा धेरैजना घाइते

खोरीबारी : एशियन हाईवे 2मा बाघडुग्राको सन्न्यासी जङ्गली बाबा मोड़ नजिक एउटा बस र पिकअप भ्यान ठोक्किँदा धेरैजना यात्रीहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार एउटा बस सिलगढीदेखि नक्सलबारीतर्फ गइरहेको समय विपरीत दिशाबाट आएको पिकअप भ्यानसित सोझै ठोक्किँदा उक्त दुर्घटना भएको बताइएको छ। घाइतेहरूलाई तत्कालै उत्तरबंग मेडिकल कलेज एवम्  अस्पतालमा उपचारको निम्ति लगियो। अर्कोतिर, घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *