बस र पिकअप भ्यान ठोक्किँदा एकजना घाइते

फालाकाटा : फालाकाटा-धुपगढी राष्ट्रिय राजमार्गको डुडुवा पुल संलग्न इलाकामा आज बिहान गैर सरकारी बस र पिकअप भ्यान ठोक्किँदा एकजना गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार एउटा बस नवद्वीपबाट कुचबिहारतर्फ गइरहेको समय डुडुवा पुल संलग्न इलाकामा बस र पिकअप भ्यान ठोक्किँदा पिकअप भ्यानका चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दुईवटा वाहनलाई उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *