बस र ट्रक ठोक्किँदा धेरैजना यात्रीहरू घाइते

कुचबिहार: कोइला बोकेको ट्रक र एनबीएसटीसीको बस आपस्तमा ठोक्किँदा धेरैजना यात्रुहरू घाइते भएका छन्। उक्त घटना आज बिहान कुचबिहार जिल्लाको मेखलीगञ्ज महकुमा अन्तर्गत जमालदहमा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान एनबीएसटीसी बस माथाभाङ्गाबाट सिलगढीतर्फ आइरहेको समय विपरित दिशाबाट आइरहेको एउटा कोइला बोकेको ट्रकसित आपस्तमा ठोक्किँदा बस र ट्रकमा आगो लागेपछि बसमा सवार धेरैजना यात्रीहरू घाइते भएको बताइएको छ। उक्त घटनापछि बसमा फँसेका यात्रीहरूलाई उद्धार गरेर माथाभाङ्गा र मेखलीगञ्ज अस्पतालमा लगिएको छ। घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त दुर्घटनापछि माथाभाङ्गा सिलगढी मार्गमा यातायात ठप्प रहेको छ। पुलिस प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *