बस स्ट्यान्डबाट यात्रीको ब्याग चोरी गर्ने व्यक्ति पक्राउ

सिलगढी : यात्रीको ब्याग चोरी गरेको आरोपमा प्रधाननगर पुलिसले गत अबेर राति जङ्क्शन बस स्ट्यान्डबाट एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बिहारको बारसोई निवासी 65 वर्षीय रञ्जीत शाहको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार सोमबार राति एकजना व्यक्तिले सिलगढी जङ्क्शन बस स्ट्यान्डबाट यात्रीको ब्याग चोरी गरेर त्यहाँबाट चम्पट कसे। यसरी स्ट्यान्डबाट यात्रीको ब्याग चोरी हुँदा बस स्ट्यान्डमा हो-हल्ला मच्चियो। बस स्ट्यान्ड नजिक जडान गरिएको सीसीटीभी क्यामारामा हेर्दा रञ्जीत शाहले यात्रीको ब्याग चोरी गरेको थाहा पाए। केही समयपछि रञ्जीत शाह फेरि चोरी गर्ने उद्देश्यले त्यहीँ ठाउँमा आउँदा मानिसहरूले तिनको पहिचान गरेपछि पक्रेर जङ्क्शन ट्राफिक गार्डलाई सुम्पिदिएको बताइएको छ। जङ्क्शन ट्राफिक गार्डले घटनाबारे प्रधाननगर थानालाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त व्यक्तिलाई पक्राउ गरेर थाना लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *