व्यक्तिको रहस्यमय ढङ्गमा मृत्यु, आरोपीहरूलाई पक्राउ गरिनुपर्ने मागमा स्थानीयहरूद्वारा विक्षोभ

सिलगढी : मतिगढा थाना अन्तर्गत न्यु कोलनी इलाकामा एकजना व्यक्तिको रहस्यमय ढङ्गमा मृत्यु भएको घटनालाई लिएर इलाकामा सनसनी मच्चियो। मृतक व्यक्ति मोहित चाउलियाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार न्यु कोलनी निवासी मोहित चाउलियाले नोभेम्बर 2020-मा सुनीता रायसित बिहे गरेका थिए। बिहे भएको केही दिनपछि ती दुईमाझ झगड़ा हुनथाल्यो। सुनीताको ठुलो दिदी मामुनी मण्डल र भेना झन्टु मण्डलले मिलेर मोहितलाई मानसिक र शारीरिक अत्याचार गर्ने गरेकोले मोहित मानसिक तनाउमा थिए। मोहित स्वास्नीसित अलग्गै बस्न थालेका थिए भने गत सोमबार साँझ घरबाट झुन्डिएको अवस्थामा मोहितको शव उद्धार भएको बताइएको छ। अर्कोतिर, उक्त घटनालाई लिएर आज स्थानीय मानिसहरूले मोहितको स्वास्नी, मामुनी र तिनका लोग्ने झन्टुलाई पक्राउ गरिनुपर्ने माग गर्दै प्रदर्शन गर्नको साथै आक्रोशित मानिसहरूले मामुनी र झन्टुको घर तोड़फोड़ गरिदिए। यसको साथै आक्रोशित मानिसहरूले मतिगढाको सडक अवरोध गरेर विरोध प्रदर्शन गर्ने प्रयास गर्दा पुलिस घटनास्थलमा पुगेर मामिलाको जाँच गरेर दोषीहरूलाई सजाय दिइने आश्वासन दिएपछि परिस्थिति नियन्त्रणमा ल्याइयो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *