व्यवसायीहरूद्वारा बोलाएको बन्दको सिलगढीमा व्यापक प्रभाव

सिलगढी : जीएसटीको समीक्षा लगायत अन्य विविध मागलाई लिएर द कन्फेडरेशन अफ् अल इन्डिया ट्रेडर्सले आज देशव्यापी बोलाएको बन्दको सिलगढी सहरमा पनि व्यापक प्रभाव देखापर्यो। सिलगढीको 22 वटा व्यवसायी संगठनले उक्त बन्दलाई समर्थन जनाएकोले गर्दा सिलगढीको सबै सानादेखि ठुल्ठुला बजारहरू आज बन्द राखिएको छ। यसबाहेक सिलगढीका अन्य ससाना 10 वटा व्यवसायी संगठनले पनि बन्दलाई समर्थन जनाएको छ। सिलगढीको ठुला, खुद्रा, पैकारी बजार, नयाँ बजार, विधान मार्केट लगायत विभिन्न बजारहरू आज बिहानैदेखि बन्द देखियो। अर्कोतिर, बन्दको समर्थनमा सिलगढी व्यवसायी संगठनहरूको तर्फबाट सहरमा एउटा र्‍याली पनि निकालिइयो।


बन्द अवधि कुनै प्रकारको अप्रिय घटना नघटोस् भन्ने उद्देश्य लिएर आज बिहानैदेखि सिलगढी सहरका सडकहरूमा पुलिसले कठोर नजर राखेको छ। सिलगढी मर्चेन्ट एसोसिएसनका महासचिव गौरी शङ्कर गोयलले बताएअनुसार सिलगढीमा मोठ 22 वटा संगठनहरूले मिलेर आज बन्द बोलाएको हो। सिलगढीका होलसेलदेखि लिएर डिस्ट्रिब्युटर, हार्डवेयर, सिमेन्ट व्यवसायीहरूले आज व्यापार बन्द राख्नको साथै सिलगढी सहरमा प्रतिवाद र्‍याली निकालेको तिनले बताए। यसबाहेक मतिगढा स्टेट गभर्मेन्ट जीएसटी अफिसमा एउटा ज्ञापन पत्र चढाएको तिनले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *