व्यवसायीहरूको समस्याबारे सिलगढी रेगुलेटेड मार्केट कमिटीका सचिवलाई ज्ञापन

सिलगढी : सिलगढीको रेगुलेटेड मार्केटका व्यवसायीहरूको विविध समस्याहरू  समस्याको समाधान गर्ने मागलाई लिएर समाजसेवी दिलीप बर्मन लगायत 20 जना व्यवसायीहरूले रेगुलेटेड मार्केट कमिटीका सचिव तमाल दाससित भेट गरेर एउटा ज्ञापन चढाए। ज्ञापन चढाएपछि दिलीप बर्मनले बताएअनुसार सन् 1993-मा यहाँ 54 वटा दोकान दोकानेहरूलाई दिएको थियो भने हाल तीमध्ये 20 जना दोकानेहरूले एग्रिमेन्ट पेपर नपाएकोले तिनीहरूलाई धेरै समस्या भइरहेको छ। पेपर नभएकोले ती दोकानेहरू विविध सुविधाबाट वञ्चित छन्। दोकानको बिल्डिङ जर्जर भइसके तापनि यसतर्फ कुनै ध्यान दिएको छैन। उक्त समस्यालाई लिएर कोर्टमा मामिला चलिरहेको छ। यसलाई लिएर अदालतमा चलिरहेको मामिलाको चाँडै सुनवाई हुने तमाल दासले आश्वासन दिएका छन्। मामिलाको सुनवाई भएपछि सबै समस्याको समाधान हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *