व्यवसायीको ब्याङ्क खाताबाट 6 लाख 6 हजार रुपियाँ हराएपछि साइबर थानामा अभियोग दर्ता

राजगञ्ज : राजगञ्ज ब्लकको फाटापुकुर संलग्न इलाकामा एकजना व्यवसायीको ब्याङ्क खाताबाट 6 लाख 6 हजार रुपियाँ हराएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार चम्पा चक्रवर्ती नाम गरेको एकजना व्यवसायीको फाटापुकुर रेजिस्ट्री अफिस अघि एउटा दोकान रहेको छ। अनलाइनको माध्यमद्वारा तिनले धेरैजसो लेनदेन गर्ने गरेको बताइएको छ। गत 22 र 23 दिसम्बरमा रुपियाँ जम्मा गर्दा सर्भरको समस्या देखापरेपछि तिनले यसको समाधान गर्न इन्टरनेट ब्याङ्कको हेल्पलाइन नम्बर खोजी गरेर उक्त नम्बरमा सम्पर्क गरे। यसपछि तिनको मोबाइलमा म्यासेजको माध्यमद्वारा लिङ्क पठाएपछि त्यहाँ ब्याङ्कको सम्पूर्ण विवरण लेख्ने निर्देश दिएकोले तिनले सो विवरण लेखेपछि राति तिनको ब्याङ्क खाताबाट पहिला 2 लाख 37 हजार र त्यसपछि फेरि 3 लाख 69 हजार रुपियाँ हराएको तिनले बताए। घटनाको भोलिपल्ट तिनी ब्याङ्क गएर यसबारे सम्पर्क गरेपछि तिनले जलपाईगढी साइबर थानामा गएर एउटा लिखित अभियोग दर्ता गरे। सिमलाको एउटा एकाउन्टमा तिनको रुपियाँ ट्रान्सफर भएको ब्याङ्क कर्तृपक्षको तर्फबाट तिनले थाहा पाए। साइबर सेलले हाल घटनाको जाँच शुरू गरेको छ। यदि धेरै रकम के कारणले ब्याङ्कले काट्यो अथवा यसको पछि कसैको हात रहेको हुनसक्ने कुराले ब्याङ्क उपभोक्ता चम्पा चक्रवर्ती चिन्तित बनेका छन्। तिनले आफ्नो एकाउन्टबाट हराएको रुपियाँ फिर्ता पाओस् भन्ने पुलिस प्रशासन समक्ष माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *