व्यवसायीको हत्या मामिलामा दुईजना पक्राउ

सिलगढी : फुलबारी संलग्न जोटियाकालीमा एकजना व्यवसायीको हत्याको मामिलामा पुलिसले दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले राहुल मोहम्मद र लुत्फर मोहम्मदको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गत 22 अगस्तमा जोटियाकालीको छोटो प्रधानपाड़ा निवासी दुलाल हुसेनलाई तिनको घरबाट बोलाएर लगेपछि हत्या गरेको आरोप रहेको छ। यसपछि मृतकको परिवारका सदस्यहरूले एनजेपी थानामा राहुल मोहम्मद र लुत्फर मोहम्मदको नाममा हत्याको अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका एनजेपी पुलिसले हिजो दुईजना व्यक्तिलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *