सीएए अनि एनआरसीबारे भाजपाद्वारा विधान मार्केटमा प्रचार

सिलगढी : सिलगढी सांगठनिक जिल्ला भारतीय जनता पार्टीले सिलगढी विधान मार्केटको सब्जी बजारमा सीएए अनि एनआरसी-बारे प्रचार गरे। भाजपाको तर्फबाट विधान मार्केटका प्रत्येक व्यवसायीहरूलाई लिफलेटहरू बाँड्नको साथै सीएए अनि एनआरसीबारे जानकारी गराए। सीएए अनि एनआरसीबारे मानिसहरूलाई जानकारी गराउनु तिनीहरूको मूल उद्देश्य रहेको बताइएको छ। यसपछि पत्रकारहरूसँग कुराकानी गर्दै भाजपा सदस्यले सीएए अनि एनआरसीबारे विरोधी पार्टीहरूले मानिसहरूमा भूल प्रचार गरिरहेको गर्दा नै आज आफूहरूले यसबारे मानिसहरूलाई जागरूक गराउँदै लिफलेटहरू बाँडेको बताए। यसको साथै आफूहरूको यस प्रकारको अभियान लगातार जारी रहने तिनले बताए। यस अवसरमा भाजपाका बन्टी अग्रवाल, मना दे लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *