सीएए अनि एनआरसीको विरोधमा तृणमूलद्वारा मानव बन्धन कार्यसूची पालन

सिलगढी : सीएए, एनआरसी र एनपीआरको विरोधमा आज तृणमूलद्वारा सिलगढीमा पनि मानव बन्धन कार्यसूची पालन गरियो। तृणमूल कांग्रेसका कार्यकर्ताहरूले आज सिलगढीको हिलकार्ट रोडमा उक्त मानव बन्धन कार्यसूची पालन गर्यो। उक्त कार्यसूची हिलकार्ट रोडमा अपरान्ह 3 बजीदेखि 4 बजीसम्म पालन गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका शीर्ष नेतृत्वहरूलगायत कार्यकर्ताहरू एवम् सहरका शीर्ष व्यक्तिहरू उपस्थित थिए। अर्कोतिर, खोरीबारीमा पनि सीएए, एनआरसी र एनपीआरको विरोधमा आज तृणमूलद्वारा मानव बन्धन कार्यसूची पालन गरियो। यस अवसरमा तृणमूल कांग्रेसका स्थानीय  नेतृत्वहरू उपस्थित थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *