सीएए अनि एनआरसी-को विरोधमा केही समयपछि निकालिइने र्‍याली

सिलगढी : सीएए अनि एनआरसी-को विरोधमा सिलगढीमा तृणमूल कांग्रेसको आयोजनामा अबको केही समयपछि नै एउटा विराट महार्‍याली निकालिइने भएको छ। उक्त र्‍यालीको नेतृत्व तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीले गर्ने भएकी छन्। उक्त महार्‍यालीमा अंश ग्रहण गर्न ममता ब्यानर्जी हिजो साँझमा नै सिलगढी आइपुगेकी छन्। आजको महार्‍यालीमा अंश ग्रहण गर्न तथा सीएए र एनआरसी-को विरोधमा गरिने विक्षोभ प्रदर्शनीमा अंश ग्रहण गर्न पहाडको विभिन्न बोर्डका सदस्यहरूलगायत तृणमूल कांग्रेसका नेतृत्वगण, समर्थकहरू अनि गोजमुमो विनयखेमाका समर्थकहरू सिलगढी आइरहेका छन्। मुख्यमन्त्रीको आगमनले गर्दा कतिपय ठाउँहरूमा साधारण मानिसहरूले जामको समस्या भोग्न परिरहेको देखियो भने आज हुने महार्‍यालीलाई लिएर पुलिस प्रशासनले कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *