सीएए अनि एनआरसी-को विरोधमा अङ्गीकार यात्रा गरिने

सिलगढी : सीएए अनि एनआरसी-को विरोधमा एआईडीएसओ-द्वारा अङ्गीकार यात्रा गरिने भएको छ। आगामी 1 फरवरीदेखि 7 फरवरीसम्म उक्त यात्रा गरिने भएको छ। सिलगढीको बाघाजतीन पार्कबाट आगामी 1 फरवरीदेखि उक्त यात्रा शुरू गरेर 7 फरवरीको दिन कलकत्ता कलेज स्क्वायरमा यसको समापन गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर एआईडीएसओ-का राज्य अध्यक्ष सामसुल आलमले  यसबारे जानकारी गराए। यसको साथै तिनले ईश्वरचन्द्र विद्यासागरको 200औँ जन्मजयन्तीको अवसरमा सीएए अनि एनआरसीको विरोध जनाउने बताए। पश्चिम बंगालका हजारौँ विद्यार्थीहरूले उक्त यात्रामा अंश ग्रहण गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *