सीएए अनि एनआरसी-को विरोधमा तृणमूलको र्‍याली

सिलगढी :  एनआरसी अनि सीएए-को विरोधमा सिलगढी टाउन 2 तृणमूल कांग्रेसको तर्फबाट आज एउटा र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली सिलगढी कञ्चनजङ्घा स्टेडियम अघिबाट शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। सिलगढी टाउन तृणमूल कांग्रेसका अध्यक्ष बेदव्रत दत्तले पार्टी र दार्जिलिङ जिल्ला अध्यक्षको निर्देशअनुसार आफूहरूले लगातार एनआरसी, एनपीआर र सीएए-को विरोध गर्दै विभिन्न कार्यसूचीहरू पालन गर्दै आइरहेको बताए। उक्त र्‍यालीमा सिलगढी टाउन तृणमूल कांग्रेसका अध्यक्ष बेदव्रत दत्तलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *