सीएए विस्तारै देशभरिमैं लागू हुनेछ: निशिथ प्रमाणिक

सिलगढी (निसं): गुजरात पछि विस्तारै अब सम्पूर्ण देशभरिमैं सीएए लागू हुनेछ। आज दिल्लीबाट बाघडुग्रा हवाईअड्डामा ओर्लिए पछि केन्द्रीय गृह राज्य मन्त्री निशिथ प्रमाणिकले उक्त मन्तव्य पोखेका हुन्। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, सीएए विस्तारै देशभरिमैं अवश्य लागू हुनेछ। सीएए वञ्चित साथै उत्पीड़ित हिन्दुहरू अनि अन्य मानिसहरूको लागि हो। सीएए गुजरातमा मात्र होइन तर भारतभरिमा लागू हुनेछ। तिनले सिलगढीमा डेंगूको बढ्दो प्रकोपलाई लिएर भने, सिलगढी नगर निगमका अधिकारीहरूदेखि लिएर साधरण मानिसहरू यसलाई लिएर जागरूक हुनु पर्छ अनि घरको छेउछाउमा सफा राख्नु जरूरी छ। यसपछि तिनी बाघडुग्राबाट सोझै सड़क मार्ग भएर कुचबिहारको लागि प्रस्थान गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *